कार्यक्रम :- नि:शुल्क आैषधी तथा खानेपानी वितरण
स्थान:-ऋषेश्वर महादेव मन्दिर , सिमभञ्ज्याङ
मिति :-२०७९-०४-३०,साेमबार
समय:- बिहान ७ बजे देखी
मिति २०७९ श्रावण ३० गते तदानुसार १५अगष्ट २०२२ सोमबारका दिन हिन्दु धर्ममा अास्था राख्ने देश तथा अन्य छिमेकी मुलुकहरुबाट श्रावण महिनाकाे अन्तिम साेमबार पारेर मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित रमणीय पर्यटकीय नगरी थाहा-४, ऋषेश्वर महादेवको मन्दिरमा पाल्नुभएका भक्तालु जनहरुको स्वास्थ्य र अवस्थालाई मध्यनजर गर्दै "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" भन्ने जेसीज अास्थालाई अात्मासाथ गर्दै पालुङ जेसीजको आयोजनामा पालुङ जेसीज वर्ष २०२२का अध्यक्ष जेसी जयराम खत्रीज्यूकाे सभाध्यक्षमा नि:शुल्क अाैषधी तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भएकाे छ।
उक्त कार्यक्रममा छिमेकी जिल्ला , गृह जिल्ला तथा स्थानीय भक्तजनहरूकाे उपस्थितमा पालुङ जेसीजद्वारा १००० लिटर पानी र प्राथमिक उपचारका आैषधीहरू वितरण गरि सम्पन गरियाे। यस कार्यक्रम थाहा नगरपालिका कार्यालय तथा पालुङ जेसीज सहकार्यमा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा बर्ष २०२२ का निवर्तमान अध्यक्ष जेसी नमराज लामाज्यू तथा बर्ष २०२२का बाेर्डका सम्पूर्ण पदाधिकारीज्यूहरूकाे उल्लेखेनीय उपस्थिति रहेको थियाे। यस कार्यक्रमबाट त्यस क्षेत्रमा उपस्थित धेरै भक्तालुजनहरु लाभान्वित भएका छन्।