लेखनाथ जेसीजको आयोजना र जीवन बिज्ञान नेपालको सहयोगमा एक हप्ते (२०७९ श्रावण १५देखी २१ सम्म गते योग ध्यान शिविर सम्पन्न भएको छ । श्री कृष्ण प्रणामी बृन्दाबन धाम पोखरा - २७ डाडाकोनाक परमार्थनगरमा भएको योग ध्यान शिबिर एक हप्ता सम्म निरन्तर संचालन भएको थियो । उक्त कार्यक्रमका बिभिन्न उमेर समुहका गरी करिब १०० जना भन्दा बढीले लाभ लिनुभयो । श्रावण १५ गते देखी संचालन भएको योग शिबिर दैनिक रुपमा विहान ५ देखी ६ः३० बजे सम्म योग गुरु चक्रपाणी गौतम को प्रमुख प्रशिक्षक र प्रशिक्षक बिष्णु कुमारी गौतमले संचालन गनुभएको थियो। शिविरको अन्तिम दिन २१ गते शनिवार योग ध्यान पश्चात् औपचारिक कार्यक्रम गरेर समापन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरा -२७ का वडाध्यक्ष पुणर्कुमार गुरुङ, बिशेष अतिथि जीवन बिज्ञान गन्डकी प्रदेश प्रमुख शंकर पोखरेल लगाएत लेखनाथ जेसीजका संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, जेसीज सदस्यहरु र योग ध्यानका प्रशिक्षार्थीहरु उपस्थितिमा श्री कृष्ण प्रणामी बृन्दाबनधामका गुरु बिष्णु बशिस्ठ लाई खाध्यान्न सहयोग गरेर कार्यक्रम सम्पन्न भएको हो । लेखनाथ जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेको सभापतित्वमा संचालन भएको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा लेखनाथ जेसीजका कोषाध्यक्ष जेसी प्रकाश राईभाटले राख्नुभएको थियो जेसी चन्द्र प्रकाश ढुङ्गाना ले जेसीज पाठको अगुवाइ गनुभयो ।लेखनाथ जेसीजका महासचिब जेसी कृष्ण तिवारीले संचालन गनुभएको कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, लगायत अतिथिहरुले शुभकामना मन्तब्य राख्नु भयो भने अध्यक्षले धन्यबाद मन्तब्य सहित कार्यक्रम को समापन गनुभयो ।