लेखनाथ जेसीजद्धारा एक दिने शेयर मार्केट तालिम सम्पन्न ।

2022-08-15

लेखनाथ जेसीजले मिति २०७९ श्रावण २८ गते शनिबार पोखरा -२७ स्थित शुभम् पार्टी प्यालेस को सभाहलमा एक दिने शेयर सम्वन्धि तालिम सम्पन्न गरेको थियो । कार्यक्रमको बैकिङ्ग पार्टरको रुपमा ज्योति बिकास बैक, तालचोक शाखा र सहयोगी संस्था कोहिनुर इन्भेस्मेण्ट एण्ड सेकेरिटिज प्रा. लि र नेपाल स्टक हाउस रहेको थियो । शेयर बजारका अग्रज तथा अनुभवि लगानीकर्ता सुवास चन्द्र भट्टराईको प्रमुख प्रशिक्षकमा तालिम संचालन भएको थियो । उक्त तालिममा शेयर बजारमा लागेका बिभिन्न क्षेत्रका ९० जना लगानीकर्ताको सहभागिता रहेका थियो ।
उक्त कार्यक्रममा हाल शेयर बजार घटिरहेको अवस्थामा लगानीकर्तामा निराशा छाएको बेला भौतिक रुपमा सहभागि भै सिक्न पाउँदा आफुहरु लाभान्वित भएको सहभागि मध्ये वाट सुजन लम्सालले आÇनो भनाइ राख्नु भएको थियो ।
अर्का सहभागि सबिता बरालले देशव्यापी तालिम दिदै आउनु भएको प्रशिक्षक सुवास चन्द्र भट्टराईसँग तालिम लिने धोको थियो र अवसर मिलाइ दिएकोमा आयोजक प्रति खुशि व्यक्त गर्दै धेरै आधारभूत तथा प्राविधिक कुरा सिकेको बताइन । कार्यक्रमको उद्घघाटनमा प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले प्रमुख प्रशिक्षक सुवास चन्द्र भट्टराइलाई प्रोजेक्टरको पेन हस्तान्तरण गरी कार्यक्रमको बिधिवत् रुपमा कार्यक्रमको उद्घघाटन गनुभयो ।प्रमुख अतिथि बाबुराम गिरिले युवाहरु पुँजीबजारमा सक्रिय हुनु सकरात्मक रहेको बताउनु भयो । औपचारिक कार्यक्रम लेखनाथ जेसीजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक चन्द्रप्रकाश ढुंगाना, शुभकामना मन्तब्य ज्योति बिकास बैक, तालचोक शाखा का शाखा प्रबन्धक र पूर्व अध्यक्ष जेसी अर्जुन ओझाले राख्नुभयो भने कार्यक्रम सन्चालन महासचिव कृष्ण तिवारीले गनुभयो ।

JCI News Archive