चाडपर्वको लहर,तिजको रहर-
न जात न वर्ण र लिंग,सबैलाई समान अवसर बोलको नारा सहित बुटवल लेडी जेसीज-२०२२ ले SDG:5(Gender equality) अन्तर्गत रही तीज मिलन कार्यक्रम समुदायमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसंग गरेको छ।
बुटवल लेडी जेसीजका अध्यक्ष जेसी अनुपमा श्रेष्ठको सभाध्यक्षता तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महाशाखा प्रमुख श्री शारदा बस्याल ज्यूको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेपाल जेसीज वर्ष -२०२२ का बोड सल्लाहकार तथा बुटवल लेडीका पूर्व अध्यक्ष सल्लाहकार सिनेटर राधिका पोखरेल,सल्लाहकार पूर्व अध्यक्ष जेसी ओमी पुन,जेसी रुपा पाण्डे, धरोहर पूर्व अध्यक्ष जेसी उमा भण्डारी,सिनेटर मन्जु भूषाल,जेसी लक्ष्मी थापा,शाहसी कदम नेपालका अध्यक्ष आनिक राना, शाहसी कदम नेपालका महासचिव रेशम न्यौपाने,रुरु मिलन केन्द्र नेपालका अध्यक्ष जमुना सुवेदी,कान्तिपुर दैनिकका संवाददाता सन्जु पौडेल,पत्रकार कल्पना ज्ञवाली,अभिभावक बिन्दु श्रेष्ठ,मन्जु प्रधान लगायतको गरिमामय उपस्थिती रहेको थियो।
तीज पर्व धर्म संस्कृती संग मात्र सम्बन्धित नभइ आवाज विहीनहरुको आवाज बुलन्द गरि गीतको माध्यमबाट हक,अधिकार,विद्रोह प्रस्फुटन गर्ने माध्यम पनि भएका कारण समाजले उपेक्षा गरेको लैंगिक अल्पसंख्यक सुदायका लागी आवाज बनी समाजमा उनिहरुका निम्ति समान अवसर,सम्मान र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो।यस तीज कार्यक्रममा सामान्य दर खाने र खुवाउने साथै मौलिक सन्देशमुलक गीत,बाजा र तालमा नाचगान पनि गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट तीज प्रस्तुती पुरस्कार संस्थाका कानुनी सल्लाहकार जेसी कमला लम्सालले,उत्कृष्ट नृत्य पुरस्कार तेश्रो लिंगी तमन्ना गरुङ ले र मौलिक गीत पुरस्कार अभिभावक बिन्दु श्रेष्ठले प्राप्त गर्नुभएको थियो।
कार्यक्रममा पत्रकार सन्जु पौडेल,पूर्व अध्यक्ष/सल्लाहकार जेसी ओमी पुन, पूर्व अध्यक्ष/सल्लाहकार सिनेटर राधिका पोखरेलले आफ्ना महत्वपूर्ण भनाइ सहितका शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथीले कार्यक्रम ढाँचाको प्रशंसा गर्दै आफ्ना महत्वपूर्ण भनाइ सहितका मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा जेसी राधिका बेल्वासेको आस्थाबाचन,जेसी सोनम पाठकको मिसन भिजन र संयोजक जेसी पुनम पन्थको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम कानुनी सल्लाहकार जेसी कमला लम्सालले सन्चालन गर्नुभएको थियो।
जय जेसीज????