“मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको आस्थालाई आत्मसात् गर्दै बुटवल लेडी जेसीज -२०२२ का अध्यक्ष जेसी अनुपमा श्रेष्ठको सभाध्यक्षता तथा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका महाशाखा प्रमुख शारदा बस्याल बेल्वासेको प्रमुख आतिथ्यतामा “क्यान्सर प्रभावित आनिक राना लाई आर्थिक सहयोग रकम हस्तान्तरण”कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बुटवल लेडी जेसीजका सदस्यहरुले आफूले तीजमा गर्ने फजूल खर्च कटौती गरि बचाएको रकम साथै विभिन्न सहयोगी मन र माध्यमबाट गरेको आर्थिक संकलन रु.६३४४५/- जम्मा गरि आर्थिक सहयोग आनिक रानालाई उपचारार्थ हस्तान्तरण गरेको हो।जस मध्ये सपोर्ट लभ नेपालले रु.२१०००/- सहयोग गरेको थियो।