सिमरा जेसिजको स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

2022-08-26

विद्यार्थीलाई लक्षित गर्दै सिमरा जेसीजले विहिवार सिमरामा स्वास्थ्य सेचतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । लागुऔषध प्रयोगबाट निम्तिन सक्ने मानसिक तथा व्यवहारिक समस्याका विषयमा जेसिजले कार्यक्रम आयोजना गरेको हो ।

सिमरास्थित सिमरा कलेजमा अध्ययनरत स्नातक तहका विद्यार्थीलाई कक्षा कोठामै पुगेर जेसिजले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको थियो । कलेजमा अध्ययनरत ६० जना विद्यार्थीले सहभागिता जनाएको उक्त कार्यक्रममा डा। दीपक गिरीले सहजिकरण गरेका थिए ।


JCI News Archive