शिवसताक्षी । शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले आज बृक्षारोपण गरेको छ ।
जेसीज सप्ताहको दोस्रो दिन शिवसताक्षी ९ स्थित सतासीधाम बहुुमुखी क्याम्पस र सतासी प्राविको परिसरमा बृक्षारोण गरेको हो । जेसीजले ३५० थान विरुवा रोपेको जेसीजका वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराईले बताए ।
जेसीजले रुद्राक्ष, सिरिस लगायत ५ प्रजातिका विरुवा रोपेको थियो । त्यस्तै गरी शिवसताक्षी वडा नं. ११ दूधे स्थित सतासीधाम जेसीजद्वारा निर्मित कभर्डहल परिसरमा पनि बृक्षारोपण गरिएको थियो । जेसीज सप्ताह अन्तर्गत भोली बुधबार शिवसताक्षीको धरमपुरमा महिला सशक्तिकरण तालिम दिइने सतासीधाम जसीजले जनाएको छ।
२३ अगस्ट २०२२(०७ भाद्र २०७९)