धुलाबारीमा अन्तराष्ट्रिय स्तरको नृत्य प्रतियोगिता सम्पनन

2022-09-24

धुलाबारी असोज ६, धुलाबारी जेसीज र मेचीनगर डान्सर एसोसिएसन को सयुक्त आयोजनामा दुई दिवसीय अन्तराष्ट्रिय नृत्य प्रतियोगिता सम्पन्न भएको छ | भाद्र २१ गते शुक्रबार र असोज १ गते शनिबारका दिन उक्त कार्यक्रमा सम्पना भएको थियो | East Dance Festival (EDF) Vol 2 शिर्षकमा उक्त कायक्रमको आयोजना भएको थियो | नेपाल का विभिन्न भागहरु तथा छिमेकी राष्ट्र भारत, बगलादेश र भुटानबाट समेत उक्त प्रतियोगितामा प्रतियोगीहरुको सहभागीता रहेको थियो |

भाद्र ३१ गते धुलाबारी जेसीजको भावनमा उद्घाटन भएको उक्त कार्यक्रमा को अध्यक्ष्यता धुलाबारी जेसीजका अध्यक्ष्य जेसी रबिन्द्र पाठक ले गर्नुभएको थियो भने कायक्रमको प्रमुख अतिथिका रुपमा मेचीनगर नगरपालीकाका प्रमुख श्री गोपाल चन्द्र बुडाथोकी रहनु भएको थियो | कार्यक्रममा धुलाबारी जेसीजका पुर्व अध्यक्ष्य ज्युहरु, बोर्डका पदाधिकारीहरु, सदस्यहरु, धुलाबारी जुनियर जेसीज, मेचीनगर लेडी जेसीज र बाहुनडागी जेसीज लगायत अन्य सघ सस्थाका पदाधिकारी ज्युहरुको समेत उपस्थिति रहेको थियो |  

कार्यक्रमका सयोजक मेचीनगर डान्सर एसोसिएसन का सह सचिव एवम धुलाबारी जेसीजका इभेन्ट मेनेजमेन्ट कोर्डिनेटर जेसी निर्मल दर्जीले कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने एसोसिएसन का अध्यक्ष बिक्रम गेलाल ले कायक्रमको औचित्य प्रस्तुत गरेका थिए | कायक्रममा धुलाबारी जेसीजका पुर्व अध्यक्ष्य तथा धुलाबारी जेसीजा भूतपूर्व अध्यक्ष क्लबका अध्यक्ष्य जेसी नरेन्द्र खड्का, धुलाबारी जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजा पुर्व राष्ट्र अध्यक्ष सिनेटर अनिल कुमार भेटवाल, नृत्य कलाकार सघ झापाका निवर्तमान अध्यक्ष लोक चन्द्र श्रेष्ठ र प्रमुख अतिथि ज्युले शुभकामना मन्त्यव्य राख्नु भएको थियो |

धुलाबारी जेसिजका महासचिव जेसी योगेश राजबशी ले सचालन गर्नुभएको उद्घाटन कार्यक्रम अध्यक्ष जेसी रबिन्द्र पाठकले समापन गरे सगै पहिलो दिनमा तिना वटा विभिन्न नृत्य विधामा करिब ५० जनाले निर्त्य सम्बन्धि तालिम (Workshop) मा सहभागीता जनाएका थिए |

कार्यक्रमको दोस्रो दिन असोज १ गते शनिबार बिहानको ११ बजे देखि क्रमश हिपहप, रेप्रेजेंट योर स्टाइल र ब्रेकिंग शिर्षकमा प्रतियोगिताको सुरुवात भएको थियो | ८० जना सजभागी रहेको उक्त प्रतियोगितामा करिब ९ घण्टा सम्मको लामो कडा प्रतिष्पर्धा पश्चात हिपहप र रेप्रेजेन्ट योर स्टाइल दुवै विधा तर्फ भारतका दिपक शाही (नेपो) बिजय भएका थिए भने ब्रेकिंग तर्फ बि बोइ नेपाल बिजय भएका थिए त्यसैगरी क्रमश भारतका रुतल दाश, नेपालका सुजना लिम्बु, र कलकत्ता का बि बोइ ब्लायक ड्रोप हिपहप, रेप्रेजेंट योर स्टाइल र ब्रेकिंग विधाका फस्ट रनरअपका रूपमा बिजयी भएका थिए | बिजेता हरुले क्रमश २५ हजार बराबरको चेक र गिफ्ट हेम्पर प्राप्त गरेका थिए |  


JCI News Archive