बाह्रदशीमा स्वास्थ्य शिविर र धार्मिक कार्यक्रम सम्पन्न

2022-10-01

बाह्रदशी जेसीजको स्वास्थ्य शिविर र धार्मिक कार्यक्रम जेसीज सप्ताह अन्तरगत सम्पन्न भएका छन । बाह्रदशी वडा नम्बर ४ मा भएको स्वास्थ्य शिविर कार्यक्रमको संयोजकत्वमा जेसी पुष्प भट्टराई हुनुहुन्थ्यो । बुधवार सम्पन्न शिविरनामा बि एण्ड सि अस्पतालका प्राविधिक टोलीबाट 270 भन्दा बढी संख्यामा सेवाग्राहीहरुले लाभ लिएका थिए ।शिविरमा छाला, दन्त, स्त्री रोग तथा फिजिसियन विशेषज्ञहरुले रोग परिक्षण पश्चात् निशुल्क औषधी समेत वितरण गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी ४ का वडा अध्यक्ष महताव आलम हुनुहुन्थ्यो । चकचकी बजारमा भएको स्वास्थ्य शिविरलाइ बाह्रदशी ४ बाट सहजिकरण गरिएको थियो ।                         त्यस्तै असोज १३ रातिको ८ बजे बाह्रदशी जेसीज द्धारा धार्मिक कार्यक्रम सम्पन्न भएको छ । जेसी प्रकाश फुयालको संयोजकत्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी ५, गा. पा कार्यलय परिसरमा रहेको दुर्गा मन्दिरका अध्यक्ष कृष्णमोहन गौतम हुनुहुन्थ्यो । उक्त कार्यक्रममा धार्मिक पुस्ततक बितरण गरियको थियो सथै प्रसादि को ब्यबस्था पनि बाहर्दशी जेसीजले गरेको थियो।

JCI News Archive