बुधबारे जेसिज द्वारा सिमा मा मानव बेच बिखन विरुद्धको सचेतना कार्यक्रम कार्यक्रम आयोजना सम्पन्न

2022-10-22

बुधबारे जेसिजको आयोजनामा नेपाल -भारत सिमामा मानव बेचबिखन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ।
नेपालको पुर्वी नाका काकडभिट्टा स्थित नेपाल-भारत पुलमा
शनिबार ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम भएको हो।

माइती नेपाल, इलाका प्रहरी कार्यलय काकडभिट्टासँगको सहकार्य र आफन्त नेपाल, सशस्त्र प्रहरी बल, भन्सार महिला सेल,शक्ति समुह पश्चिम् बङ्गाल, नेपाल रेडक्रस सोसाइटी,सिमा हेल्थ डेस्क लगायतका सँस्थाको उपस्थितिमा मानव बेचबिखन बिरुद्धको कार्यक्रम गरिएको हो।


कार्यक्रममा नेपाल जेसिजका एरिया क का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी कुमारसिह साँवा लिम्बु, राष्ट्रिय उपाध्यक्ष जेसी राजिव प्रसाईं, चारालि जेसिजका अध्यक्ष जेसी बिरबहादुर बेघा, अर्जुनधारा जेसिजका अध्यक्ष भिम कुँवर, बुधबारे जेसिजका पुर्व अध्यक्षहरु जेसी सेमन्त पौडेल, जेसी हेमन्त बराल र जेसी नन्दकुमार याफु राइको उपस्थिति थियो।
बुधबारे जेसिजका पुर्व अध्यक्षहरु
कार्यक्रममा सिमा आसपास गर्नेहरुलाई बेचबिखन बारे जानकारी गराउदै जानकारी मुलक सामाग्री वितरण गरियो।
औपचारिक कार्यक्रमसगै पुलको नेपाल सिमाबाट भारत सिमासम्म ब्यानर सहितको मार्च पास समेत गरिएको थियो।

JCI News Archive