अति दुर्घटना इस्थल ठाउँ छनोट गरि बुधबारे जेसिजले लगायो विभिन्न स्थानमा सचेनात्मक हुडिङ बोर्ड

2022-10-31

अति दुर्घटना क्षेत्रमा बुधबारे जेसिजले राख्यो सचेतना बोर्ड

बुधबारे जेसिजले युनिटि युवा क्लब होक्सेसँगको सहकार्यमा ट्राफिक सचेतना बोर्ड राखेको छ।

अति दुर्घटना हुने बुद्धशान्ति १ का बिभिन्न स्थानमा बोर्ड राखिएको कार्यक्रम संयोजक जेसी अनिलकुमार घिमिरेले बताए।
पछिल्लो समय यो क्षेत्रमा सवारी दुर्घटना बढेर स्थानियको ज्यान समेत गएको भन्दै ट्राफिक प्रहरी पोष्ट बुधबारेको सहभागितामा बोर्डहरु राखिएको हो।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित ट्राफिक प्रहरी कार्यलय बुधबारेका प्रमुख अनिष खड्काले भित्री सडकहरुमा दुर्घटना बढेको भन्दै सचेत हुन अनुरोध गरेका थिए।

उनले भने, "पछिल्लो समय हाइवेमा मात्रै नभै भित्री सडकमा समेत दुर्घटना बढेको छ,जेसिज र देउराली युनिटि क्लबले गरेजस्तै सबै पक्ष सचेत हुनैपर्छ"।

देउराली युनिटि क्लबका कोषाध्यक्ष राजिव अधिकारीले प्रहरी र जेसिजको उपस्थितिमा राखिएको सचेतना बोर्डले गाउँमा नयाँ सन्देश दिएको गरेको उल्लेख गरे।

स्थानीय सामाजिक अगुवा हरिप्रसाद लुइँटेलले उस्तै उदेश्य बोकेका सस्थाहरु एकैठाउमा उभिएर अभियान संचालन गर्दा प्रभावकारी हुने बताए।

कार्यक्रमका सभापति एवं बुधबारे जेसिजका अध्यक्ष जेसी मुकेश भट्टराईले समाजमा भिन्न भिन्न उदेश्य बोकेर हिडिरहेका सस्थाहरुसँग सहकार्य गर्न सधै तत्पर रहेको उल्लेख गर्दै ट्राफिक प्रहरी र देउराली युनिटि क्लबलाई धन्यवाद दिएका थिए।

"हामी सबै सँस्थासँग हातेमालो गरेर काम गरिरहेका छौं,ट्राफिक सचेतना कार्यक्रम जस्तै बिभिन्न गतिविधिहरु निरन्तर रहनेछन्" अध्यक्ष भट्टराईले भने।

कार्यक्रममा बुधबारे जेसिजका पुर्वाध्यक्ष जेसी नन्दकुमार याफु राई, कार्यकारीणि उपाध्यक्ष सुजित बराल, उपाध्यक्ष बिष्णु लामिछाने देउराली युनिटि क्लबका अध्यक्ष प्रज्ज्वल राई लगायतको सहभागीता रहेको महासचिव एवं कार्यक्रम संचालक जेसी अर्जुन ढकालले जानकारी दिए।

JCI News Archive