प्याकुरेल र नहाटा लाई सम्मानित गर्दै समपन्न भयो जेसीज सप्ताह

2022-10-31



बिराटनगर जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ। साता ब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै जेसीज सप्ताह सम्पन्न भएको हो ।

समापनमा समाजमा महत्त्वपुर्ण भुमिका निर्वाह गरेका दुई युवालाई सम्मानित समेत गरिएको छ । उधोग कलकारखानाका माध्यमबाट बिराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उधमशिलतालाई प्रवर्धन गर्दै युवाहरुलाइ आफै ब्यबसायी बन्ने बाटोमा हिडाउन गरेको प्रयासको सरहाना गर्दै बिराटनगर जेसीजले युवा उधमी सुयस प्याकुरेललाई कार्यक्रममा जेसीज सम्मान द्वारा सम्मानित गरेको हो ।

 

युवाहरुलाइ उत्प्रेरणा जगाउने , नेतृत्व क्षमता बिकास गराउने , व्यावसायिक बनाउने तथा नवीन ब्यबसाय गर्नका लागि उत्प्रेरित गर्ने उदेश्यले गर्नु भएको कामहरु
५१ भन्दा बढी देशका युवाहरु , २४०००० भन्दा बढी विभिन्न ब्यक्तिहरुमाझ बिश्वका विभिन्न देशका बिभिन्न सभाहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उहाले उत्प्रेरणा जगाउदै बिराटनगर लाई बिश्व भर चिनाउन गरेको योगदान स्वरुप उच्च कदर गर्दै बिराटनगर जेसिजको जेसिज सप्ताह समापनको अवसरमा बैभव नहाटा लाई सम्मानित गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले बिराटनगर जेसीज आफ्नो कामको माध्यमबाट देश भरी परिचित रहेको अन्तर्राष्ट्रिय
जेसीज सम्म बिराटनगर जेसीजबाटै प्रतिनिधित्व भएकोले नेपाल जेसीजमा विशिष्ट पहिचान बनाउन सफल रहेको बताउदै अब का दिनमा अझ गतिशील भएर बिराटनगर जेसीज अघि बढ्न सकोस भन्ने शुभकामना ब्यक्त गर्नु भयो ।

बिशिस्ट अतिथी फुल कुमार लालवाणीले बिराटनगर जेसीजको आफ्नै इतिहास रहेको , जेसीज अभियानमा बिराटनगर जेसीज सधै अग्रपंक्तिमा रहेको र ५० बर्षको इतिहास बोकेको बिराटनगर जेसीजले राष्ट्रिय उम्मेदवारी समेत दिन लागेको हुँदा सबैको साथ सहयोगको लागि समेत अनुरोध गर्नु भयो ।

बिशिस्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष जेसी सुनिल तिमल्सिनाले बिराटनगर जेसीजको सप्ताह सधै उत्कृष्ट रह्ने गरेको आफुले पाएको र सम्मानित ब्यक्तित्वहरुलाई समेत बधाइ दिदै जेसीजको यस किसिमको कार्यले समाजमा जेसीजको गरिमा अझ बढ्ने बताउनु भयो ।

नेपाल जेसीजका बिराटनगर जेसीजका लागि निरुपित उपाध्यक्ष जेसी राजिब प्रसाईं ले बिराटनगर जेसीजका सबै कार्यक्रम उत्कृष्ट रहेको आफुले पाएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै अघि बढन सकोस भन्ने शुभकामना दिनु भयो ।

साता ब्यापी कार्यक्रममा उत्कृष्ट कार्यक्रमका रुपमा माया सहितको रासन स्टेशनरी तथा ब्याग बितरण कार्यक्रम सयोजक प्रतीक्षा न्यौपाने उत्कृष्ट कार्यक्रम सयोजकका रुपमा निमा अवार्ड बाट पुरस्कृत भइन ।


त्यस्तै उत्कृष्ट टिमकार्यका लागि कबिराज दाहाल अमित अग्रवाल र कार्यक्रम सयोजक मनोज तिवारी पुरस्कृत भए ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि , विभिन्न शाखाका शाखा अध्यक्ष लगायतका टिम , कार्यक्रमलाई प्रायोजन गर्ने विभिन्न ब्यक्ती तथा सस्थाको उपस्थिति रहेको बिराटनगर जेसीजका अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिनु भयो ।



कार्यक्रमका मुख्य कार्यक्रम सयोजक अभिनास थापाले कार्यक्रममा साथ दिने सातै जना सयोजक , प्रायोजक लाई धन्यवाद दिदै आगामी दिनमा समेत सबैको साथ सहयोग रहने बिश्वास ब्यक्त गर्नु भयो ।


कार्यक्रम सयोजक रन्जन कुमार शाहीले जेसीजको यस कार्यमा सबै बाट प्राप्त माया र साथ प्रती आभार ब्यक्त गर्दै आगामी दिनमा समेत जेसीज समाज सग जोडिने किसिमले काम गर्ने बताउनु भयो । कार्यक्रम होटल मनास्लु इन मा सम्पन्न भएको थियो ।

JCI News Archive