म्याग्दी जेसीजको स्मार्ट जेसीज मेम्बर तालिम

2022-11-22

म्याग्दी जेसीजका सदस्यहरुको क्षमता प्रष्फुटन गर्दै स्मार्ट बनाउनका लागि तालिम म्याग्दी जेसीजको सचिवालयमा स्मार्ट जेसीज मेम्बर तालिम प्रदान गरिएको छ । मितिः २०७९ असोज २८ (१४ अक्टोबर २०२२) दिन निरुपित राष्ट्रिय कार्र्यकारिणी उपाध्यक्ष जेसी सुनिल तिमिल्सिनाको प्रमुख प्रशिक्षणमा तालिम आयोजना गरिएको हो । म्याग्दी जेसीजका ३० जना सदस्यहरुको सहभागीता रहेको उक्त कार्यक्रम शाखा अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षता, तालिम संयोजक जेसी कृष्णप्रसाद पौडेलको सञ्चालमा सम्पन्न भएको थियो ।

JCI News Archive