आर्थिक सहयाेग हस्तान्तरण कार्यक्रम -२०२२

2022-11-29

"मानवताकाे सेवा नै जीवनकाे सर्वाेत्तम कार्य हाे "
कार्यक्रम :-आर्थिक सहयाेग हस्तान्तरण कार्यक्रम
स्थान:-थाहा-३,शिखरकाेट
मिती :-२०७९-०८-१३गते मंगलबार
समय:- दिउँसो ४:३०बजे
आज मिति २०७९ /८/१३ गते तदानुसार २९ नाेभेम्वर २०२२ का दिन पालुङ जेसीजद्वारा थाहा नगरपालीका -३,साविने निवासी श्रीमती विना कुमारी तामाङ ज्यूकाे दुवै मिर्गौला फेल भई उपचाररत रहि आएकाे र हाल उपचारकै क्रममा आर्थिक अवस्था कमजोर भएको जानकारी प्राप्त भए अनुसार पालुङ जेसीजद्वारा जेसीज मनहरूबाट तथा अन्य केही सहयाेगी दाताहरूबाट समेत छोटो समयमा यथासक्य आर्थिक रकम संकलन गरी जम्मा रू १६५००/- जम्मा गरी सहयाेग रकम उहाँकाे माईली देउरानी सम्झना तामाङज्यूलाई पालुङ जेसीज वर्ष २०२२ का शाखा अध्यक्ष जेसी जयराम खत्रीज्यू र उहाँका टिम मार्फत हस्तान्तरण गरिएको थियाे ।
उक्त कार्यक्रममा धेरै जना जेसीज मनहरूको कार्य व्यस्तताका कारण उपस्थित हुन सक्नुभएन र अाफ्नाे व्यस्त समयको बावजुद पनी वर्ष २०२२ का निवर्तमान अध्यक्ष जेसी नमराज लामा ज्यू,महासचिव जेसी निरज रायमाझी ज्यू, काेषाध्यक्ष जेसी बिक्रम गाेपाली ज्यू ,सह-काेषाध्यक्ष जेसी दिपा बल,महाधिवेसन संयाेजक जेसी पशुपति बिष्ट ज्यू तथा कला तथा संस्कृति प्रबर्धन संयाेजक जेसी गणेश बिष्ट ज्यूकाे उपस्थित रहेकाे थियाे ।

JCI News Archive