शाखा पदधिकारी तथा संसदिय बिधी तालिम सम्पन्न ।

2023-01-23

ईन्द्रपुर जेसिजको आयोजना तथा ईन्द्रपुर जुनियर जेसिजको सह आयोजनामा ईन्द्रपुर जेसिजले वर्ष २०२३ पहिलो तालिमको रुपमा शाखा पदाधिकारी तथा संसदिय बिधी तालिम सम्पन्न गरेको छ । मिति २०७९ साल माघ ८ गते इन्द्रपुर जेसिजको सभाहलमा सम्पन्न कार्यक्रमको मुख्य प्रशिक्षक नेपाल जेसिज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी दीपेन्द्र निरौला रहनुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल जेसिज वर्ष २०२३ का लागी क्षेत्र क निरुपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मी बस्नेतले गर्नुभएको थियो । ईन्द्रपुर जेसिज वर्ष २०२३ कि अध्यक्ष जेसी बिना सुबेदी आचार्यको सभापतित्वमा सम्पन्न तालिममा ईन्द्रपुर जेसिज र ईन्द्रपुर जुनियर जेसिज वर्ष २०२३ का बोर्डका सदस्यहरुको उपस्थिती थियो । कार्यक्रमको संयोजक जेसी निर्मल अधिकारी रहनु भएको थियो भने सञ्चालन महासचिब जेसी समिर बस्नेतले गर्नु भएको थियो ।

JCI News Archive