राजविराज जेसीजले मिति २०७९ साल माघ १९ गते दिउँसो २:०० बजे राजविराज जेसीज भवनको तालिम हालमा "बालअधिकार महासन्धिको छैठौं र सातौँ पुरक प्रतिवेदनमाथि बालबालिकाहरू सँग विषयगत छलफल"को वालकमाथि हुने यौन दुर्व्यवहार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनको भूमिका निर्वाह गरेकी राजविराज जेसीज वर्ष २०२३ की सचिव जेसी रञ्जना चौधरीले राजविराज नगरपालिकाका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययन गर्ने युवाहरूलाई यस विषयमा सहजीकरण गरेकी थिइन् भने राजविराज जेसीज वर्ष २०२३ की उपाध्यक्ष जेसी रिया रोय संचेतीले सहायकको भूमिकामा आफ्नो जिम्मेवारी पुरा गरेकी थिइन्। कार्यक्रमको मुख्य अथिति राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी उज्ज्वल काबराले जेसीजको बारेमा युवाहरूलाई जानकारी गराउँदै कार्यक्रममा सहभागिताको लागि युवाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा राजविराज नगरपालिकाका विभिन्न शैक्षिक संस्थानमा अध्ययन गर्ने २० जना युवाहरू सहभागी भएका थिए ।