29th Installation Ceremony -2023 - JCI VYASNAGAR

2023-02-05

नेपाल जेसिजको उत्कृष्ट शाखा मध्यको एक शाखा जेसिअई व्यासनगर सन् १९९४मा पोखरा जेसिजको मातृत्वमा स्थापना भएको थियो । मिति २०७९ साल पौष २३ गते शनिवार तदनुसार 7th jan 2023 का दिन २९औँ पदस्थापन समारोह जेसिआई व्यासनगर वर्ष २०२२का अध्यक्ष्य जेसी कृष्ण सुनारज्यूको अध्यक्ष्यता एव नेपाल जेसिज वर्ष २०२३का अध्यक्ष्य JCI SEN. विकाश मानन्धरज्यूको प्रमुख आतिथ्यमा समारोह सम्पन्न भएको थियो । दरवार इभेनट्स पार्टी प्यालेसमा सम्पन्न समारोहमा व्यासनगर जेसीजमा लामो समय उत्कृष्ट योगदान गर्ने ३ जना व्यक्तिहरुलाई जेसीज अवकास सम्मानबाट सम्मानित गरिएको थियो । निरन्तर जेसीज अभियानमा सक्रिय भइ जेसीज विधान बमोजिमको अन्तिम समयसम्म क्रियाशिल रहेबापत उनीहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा JCI SEN.भरत कुमार श्रेष्ठ, JCI SEN सुरेश पुरी र सुमन श्रेष्ठ रहेका छन् ।

पदस्थापन कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण सुनार ज्यूले वर्ष २०२३ का अध्यक्ष जेसी राजु रानाज्युलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गरेका थिए । यस अघि भएको निर्वाचनबाट अध्यक्षसहित शाखाको कार्यकारीणी उपाध्यक्षमा जेसी युवराज भण्डारी र जेसी अजर नागिला निर्वाचित भएका थिए, उपाध्यक्षहरु जेसी प्रताप पण्डित, जेसी रोबिन श्रेष्ठ, जेसी डिकसन् मल्ल र जेसी नेत्र बहादुर सुनार सर्वसम्मत निर्वाचित भएका निर्वाचन आयुक्त एव्म पूर्व अध्यक्ष सिनेटर भरत कुमार श्रेष्ठज्यूले बताए । नवनिर्वाचित अध्यक्ष रानाले महासचिवमा जेसी सुनिल श्रेष्ठ, कोषाध्यक्षमा जेसी चन्दन श्रेष्ठ र कानुनी सल्लाहकारमा जेसी राजेश मल्लज्युलाई मनोनित गरी सबै पदाधिकारीहरुलाई सामुहिक पदस्थापन गरेका थिए ।

शाखा अध्यक्ष जेसी कृष्ण सुनारज्यूको सभापतित्व तथा  नेपाल जेसिज वर्ष २०२३ राष्ट्रिय अध्यक्ष्य JCI SEN. बिकाश मानन्धरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश नेपाल जेसिज वर्ष २०२३ क्षेत्र “ख” का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रजनी थापा, नेपाल जेसिज वर्ष २०२३ क्षेत्र “ख” का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी चन्द्रमणि भुसाल, श्री कालीभंजन गणका गणपति कर्णेल राम ज्योति बोहोरा, नेपाल उध्योग वाणिज्य संघका केन्द्रीय सदस्य श्री देव कुमार श्रेष्ठ, तनहुँ उध्योग वाणिज्य संघका अध्यक्ष्य श्री पविन्द्र कुमार श्रेष्ठ, जेसिआई व्यासनगरका संस्थाका संस्थापक अध्यक्ष्य JCI SEN. राम लाल श्रेष्ठ, व्यास नगरपालिका वडा न् २ का वडा अध्यक्ष्य श्री काशी राम श्रेष्ठ, व्यास नगरपालिका वडा न् ३ का वडा अध्यक्ष्य श्री अनुप राना, व्यास नगरपालिका वडा न् ४ का वडा अध्यक्ष्य श्री मन बहादुर गुरुङ, व्यास नगरपालिका वडा न् ५ का पुर्व वडा अध्यक्ष्य एव पुर्व प्रवक्ता श्री मोहन कुमार श्रेष्ठ, पोखरा जेसिज वर्ष २०२२का अध्यक्ष जेसी मिन राज खड्का, पोखरा लेडी जेसिज वर्ष २०२३ की अध्यक्ष जेसी लक्ष्मी कुवर थापा (लता), पोखरा जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी गणेश गिरि, लम्जुंग जेसिज वर्ष २०२२का अध्यक्ष जेसी प्रेम बहादुर गुरुङ्, शुक्लागण्डकी जेसिज वर्ष २०२३का अध्यक्ष जेसी इश्वर कुमार श्रेष्ठ, गोरखा जेसिज वर्ष २०२२का अध्यक्ष जेसी शैलेन्द्र भट्ट, पर्वत जेसिज वर्ष २०२३का अध्यक्ष जेसी विनोद आचार्य, गोरखा जेसिज वर्ष २०२३का अध्यक्ष जेसी पुस्कर गुरुङ, पोखरा लेडी जेसिज वर्ष २०२२का अध्यक्ष लक्ष्मी अधिकारी सुवेदी, शुक्लागण्डकी जेसिज वर्ष २०२२का अध्यक्ष जेसी शिव बहादुर सुनार, लेखनाथ जेसिज वर्ष २०२२का अध्यक्ष जेसी सुजन न्यौपाने, भानुबन्दीपुर जेसिज वर्ष २०२२का अध्यक्ष जेसी दिपक थापा, गैडाकोट जेसिज वर्ष २०२३का अध्यक्ष जेसी रोजन घिमिरे, लगायतको दमौली क्षेत्रका व्यवसायी तथा विभिन्न समाजिक संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो । निर्वतमान अध्यक्ष जेसी लक्ष्मी भक्त खनालज्युले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जेसी बिरेन्द्र नरालले गरेका थिए र दोश्रो सेसन जेसी बिरेन्द्र नरालले वर्ष २०२३ का महासचिव जेसी सुनिल श्रेष्ठलाई महासचिवको पिन लगाईदीई हस्तान्तरण गरेका थिए । जेसिआई व्यासनगर वर्ष २०२३ का अध्यक्ष जेसी राजु रानाज्युले कार्यक्रममा धन्यवाद मन्तव्य राखी कार्यक्रम समापन गर्नु भएको थियो  । 

JCI News Archive