राजविराज जेसीजले साताव्यापी कार्यक्रमको रूपमा आयोजना गरिरहेको जेसीज सप्ताह २०२३ को दोस्रो दिन माघ २७
गते विहान ६:०० बजे राजविराज जेसीजको तालिम भवनमा नेपालका वरिष्ठ योग प्रशिक्षक तथा योग गुरु बद्रीराज भण्डारीको सान्निध्यमा एडभान्स योग ट्रेनिङको आयोजना गरेको छ । एडभान्स योग ट्रेनिङ कार्यक्रममा राजविराज नगर क्षेत्रका योग अभियानीहरू, महेन्द्र विन्देश्वरी कलेजका विद्यार्थीहरू तथा राजविराज जेसीज वर्ष २०२३ का कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा योग प्रशिक्षक बद्रीराज भण्डारी र पतंजली नगर योग समितिका अध्यक्ष पंकज देवले कार्यक्रममा सहभागी भएका सदस्यहरूलाई योगका विभिन्न आसन र ध्यान गराएका थिए
।
"योग गरौँ निरोग रहौँ" नारालाई सार्थकता प्रदान गर्न योग सम्बन्धित कार्यक्रमहरू नियमित रूपले गर्नुपर्ने मन्तव्य राजविराज जेसीजका अध्यक्ष उज्ज्वल काबराले राख्नुभएको थियो
।