कर्णाली जेसीज द्वारा रक्त समूह परिक्षण स्वास्थ परामर्श तथा सम्मान कार्यक्रम

2023-02-14


Operation Khabar
Search

रक्तदान गर्ने सुरक्षा निकायलाई कर्णाली जेसीज द्धारा सम्मान

  • १९ घण्टा अगाडि

अप्रेसन खवर संवाददाता, माघ २७ कालिकोट । मानवताको सेवा जीवनको सर्वोतम कार्य हो । जीवन अमुल्य छ बाँचौ र बचाऊँ भन्ने मुल नाराका साथ रक्त समुह परिक्षण स्वास्थ्य परामर्श तथा सम्मान कार्यक्रम सदरमुकाम मान्ममा आज सम्पन्न भएको छ । कर्णाली जेसीज कालिकोटका अध्यक्ष जेसी हरी प्रसाद पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख कटकबहादुर महतको प्रमुख आतिथ्यता, जिल्ला रेडक्रम शोसाइटी शाखा कार्यालय कालिकोटका सभापती बलप्रसाद संज्यालको बिशेस आतिथ्यतामा सञ्चालित कार्यक्रममा कालिकोट जिल्लामा रहेका ३ वटै सुरक्षा निकायलाई कर्णाली जेसीज द्धारा सम्मान गरिएको छ ।

  1. कार्यक्रममा जिल्लाका राजनितीक दलका प्रमुख प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं. प्रतिनिधि, पत्रकार, नागरीक समाज तथा जिल्लाका सरकारी गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नेपाल ट्राफिक कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शम्सेर गुल्म, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल कालिकोटलाई रक्तदान गरेको भन्दै दोसल्ला सहित सम्मान प्रत्र प्रदान गरिएको छ । खाँडाचक्र नगरपालिकाको सहयोग, नेपाल रेडक्रश शोसाइटी जिल्ला शाखा कार्यालय कालिकोट र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको समन्वय तथा कर्णाली जेसीज कालिकोटको आयोजनामा शो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रक्त समुह परिक्षण तथा स्वास्थ्य परामर्शका लागी जम्मा १ सय ३५ जनाले आफ्नो रगत समुह परिक्षण गरी कर्णाली जेसीजमा आफ्नो नाम दर्ता गर्न सफल भएको बताइएको छ । जिल्लामा बिरामी भएर जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा उपचार गर्न आएकाहरुलाई रगतको आबस्यक्ता परेको खण्डमा रगत जुटाउन गाहे हुने भएकाले यस्तो कार्यक्रममा मार्फत रगत परिक्षण गरि बिभिन्न समुहका ब्यक्तिहरुको पहिचान गर्ने र आश्यक परेका बेला रक्तदान गर्ने उद्धेश्यले शो कार्यक्रमको आयोजना गरिएको कर्णाली जेसीज कालिकोटका अध्यक्ष जेसी हरी प्रसाद पाण्डेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका जिल्ला स्वास्थय कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख कटक बहादुर महतले कर्णाली जेसीजले गरेको कार्य प्रति आफु खुसी रहेकोले यस्तो घडीमा कार्यालयको पुर्ण रुपमा सर्मथन रहने बताउनुभयो । मानव सेवा र धर्मका लागि गरिने कार्यले सवैको हित हुने भएकाले समय समयमा यस्ता कार्यक्रमहरु गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै कार्यक्रमका बिशेस अतिथी समेत रहनुभएका नेपाल रेडक्रश शोसाइटीका जिल्ला सभापती बल प्रसाद संज्यालले जिल्लामा बलोट बैंक नहुदा जिल्लाका नागरीकहरुले दुख पाइरहेकोले जिल्लाका सरोकारवालाहरुको सकृयतामा अब बलोट बैंक खोल्नु पर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी मेनका संज्यालले जिल्लामा प्राय महिलाहरु नै सुत्केरी हुँदा होस या बिरामी हँदा होस कमजोर भएका कारण रगत आबश्यक पर्ने भएकाले रक्तदान गरे कमजोर हुन्छन भन्ने झुटा भ्रमका कारण कतिपयले रगत प्राप्त नगरी अकालमै ज्यान जाने गरेको बताउनुभयो । यस्तो अबस्थामा जिल्लाबासीहरुले आफ्नो रगत समुहको परिक्षण गरी आबश्यक रक्तदान गरे कमजोर नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै डा.अप्सरा हमालले कर्णाली जेसीजको अभियान सकरात्मक प्रक्रियाको थालनी भएकाले आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर गर्नु पर्ने बताउनुभयो ।

जिल्लामा अशिक्षा, गरिवी र पछौटे पनका कारण रक्तदान गरे कमजोर हुन्छन् भन्ने यहाँका जिम्मेवार ब्यक्तिहरुमा समेत छाप रहेकाले परिवर्तन गरी रक्तदान गरे सेवानै धर्म हुने बताउनुभयो । कार्यक्रममा बोल्दै पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका अध्यक्ष तथा सन २ हजार १६ का कर्णाली जेसीज कालिकोटका अध्यक्ष भरतराज बिष्टले १६ बर्ष देखि ४० बर्ष मुनिका युवायुवतीहरुको ब्यक्तित्व, क्षमता बृद्धि बिकास गरी जिवन जीउने कला सिक्ने र सिकाउने सँस्था नेपाल जेसीज भएकाले सवैले आफनो ब्यक्तित्व क्षमता बिकास गर्न जेसीज अभियानमा लाग्न अनुरोध गर्नुभयो । रक्त समुह परिक्षण तथा स्वास्थ्य परामर्शका लागि दिनभर ल्याब टेक्निसियन प्रदिप शाहीको नेतृत्वमा खटिएका स्वास्थ्यकर्मिहरुले सेवा प्रदान गरेका थिय । कार्यक्रमको सञ्चालन बर्ष २ हजार २१ का अध्यक्ष जेसी लक्षमण कुमार शाहीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
 
 
 
 
 
 
 
 
 
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
भर्खरै प्रकाशित
Operation_Khabar1png

सूचना, मनोरञ्जन र सत्य समाचारकालागी एन.टि.बि. मिडियाद्वारा संचालित – अप्रेसन खबर डट कम
सूचना विभाग दर्ता नं:
कार्यालय: खाँडाचक्र नगरपालिका, १ कालिकोट
ईमेल: news@operationkhabar.com
फोन: ९८४८३०७४४७

हाम्रो टिम
अध्यक्ष/संचालक
भरतराज बिष्ट
मो.: ९८४८३०७४४७
 
प्रधान सम्पादक
तुलाराम पाण्डे
मो.: ९८४८३०१४६२
 
सम्बादाता
निर्मला बिष्ट
मो.: ९८४८३५८५६५
 
व्यवस्थापक
नबिन कुमार शाही
मो.: ९८४२२५१४७९
समाचार तथा विज्ञापनकालागि
अप्रेसन खबर मिडिया
मोबाईल: ९८४८३०७४४७
ईमेल: news@operationkhabar.com
Copyright © 2022 Operation Khabar. All Rights Reserved. Power By: KRMTC Kalikot​


JCI News Archive