राजविराज जेसीज सप्ताह २०२३ को तेस्रो दिन विरामीहरूलाई फलफूल वितरण

2023-02-15

राजविराज जेसीजको आयोजनामा जेसीज सप्ताह २०२३ अन्तर्गत तेस्रो दिन अर्थात् मिति २०७९ माघ २८ गते साँझ ५ बजे  गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराइरहेका विरामीहरूलाई फलफूल वितरण गरेको छ । राजविराज जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनित कुमार मुन्नाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गजेन्द्रनारायण सिंह अस्पतालका व्यवस्थापक रेमन्त कुमार यादव, राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी सिद्धार्थ तातेड, वर्ष २०२३ का महासचिव जेसी रबि राय, उपाध्यक्ष जेसी रिया राय, शाखा सम्पादक जेसी मनिष दास र थिम सम्पादक जेसी रन्जीव साहको उपस्थिति रहेको थियोे । त्यसै गरी राजविराज नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष शशी चौधरीको विशेष उपस्तिथि रहेको थियो ।  उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का पदाधिकारीहरू, आमन्त्रित अतिथिहरूले अस्पतालको आकस्मिक विभागमा उपचारार्थ विरामीहरू र कुपोषण विभागका बच्चाहरूलाई पोषणयुक्त फलफूल वितरण गरी जेसीज सप्ताहको आजको कार्यक्रम सम्पन्न गरेको छ ।

JCI News Archive