बर्दघाट जेसीज द्वारा लाेम अफिसर तालिम सम्पन्न

2023-02-16

बर्दघाट जेसीजले वर्ष २०२३ का बोर्ड पदाधिकारीलाई शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ ।

बर्दघाट जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी गणेश पाण्डे ‘शिसम’को सभापतित्व, बुटवल जेसीजका बर्ष २०२० का अध्यक्ष तथा प्रमुख प्रशिक्षक जेसी राजीव गौतमको प्रमुख आतिथ्यता संस्थापक अध्यक्ष जेसी राजु न्यौपाने र पुर्व अध्यक्ष गणेश न्यौपाने र निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२३ का लागि Chamber of Commerce Partnership Commission, Coordinator जेसी दिनेश न्यौपानेको आतिथ्यतामा उक्त तालिम प्रदान गरिएको हो ।

तालिममा बर्दघाट जेसीज बर्ष २०२३ का नव निर्वाचित पदाधिकारीहरूलाई काम कर्तब्य र अधिकारको बारेमा जानकारी गराइएको थियो ।


कार्यक्रममा बर्दघाट जेसीजका संस्थापक राजु न्यौपाने ,पुर्व अध्यक्ष गणेश न्यौपाने, निबर्तमान अध्यक्ष दिनेश न्यौपानेले मन्तब्य राख्नु भएको थियो ।

तालिम संयोजक जेसी महेन्द्र गौतमले संयोजन गरेको सो कार्यक्रमको संचालन महासचिव जेसी युवराज चापागाईले गर्नुभएको थियो ।

साेही  दिन भएकाे बुटवल जेसीजका वर्ष २०२३ का अध्यक्ष जेसी हरि बिक्रम कुँवरकाे बुवाकाे असामयिक  निधन प्रती श्रध्दान्जली अपर्ण गर्दै एक मिनेट काे माैन धारण गरी कार्यक्रम समापन गरिएकाे  थियाे । 


JCI News Archive