प्रदेश नम्बर १ स्तरिय प्रथम बुद्धशान्ति अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता बुद्धशान्ति २ स्थित आदर्श मावि जयपुरमा शुरु भएको छ।
प्रदेश नम्बर १ का १४ जिल्लाका खेलाडी सहभागी रहने प्रतियोगिता फाल्गुन ६ र ७ गते सञ्चालन हुनेछ।बुधबारे जेसीजको सह-आयोजनामा भैरहेको प्रतियोगिताका बिजेताहरुले नगद पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका छन्।