तरहरा जेसिजले नव बर्ष शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न गरेको छ। आफ्नै भवनमा सम्पन्न गरेको उक्त कार्यक्रममा नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्ष जे सि आइ सिनेटर रबिन पोख्रेल प्रमुख अतिथिको रूपमा हुनुहुन्थ्यो भने नेपाल जेसिजको उपाध्यक्ष जेसि इनु थापा विशेष अतिथी हुनुहुन्थ्यो। यस् बर्ष प्रकाशन गरिएको क्यालेन्डर बिमोचन गरि सुरु गरिएको उक्त कार्यक्रममा सम्पुर्ण उपस्थित अतिथि तरहरा जेसिजका पुर्व अध्यक्ष तथा सदस्यहरुले एक अर्कालाई नया बर्षको शुभकामना आदन-प्रदान गरि सम्पन्न गरिएको थियो। उक्त कार्यक्रमको सम्योजन तरहरा जेसिजको सामाजिक क्षेत्रको उपाध्यक्ष जेसि चेवन खतिवडाले गर्नु भएको थियोे