धुलावारी जेसीजको मल्टि च्याप्टर तालिम सम्पन्न

2023-02-26

धुलावारी जेसीजले शनिवार मल्टि च्याप्टर तालिम सम्पन्न गरेको छ ।
आफुले स्पोन्सर गरेका ३ वटा शाखा र जुनियर जेसीजका पदाधिकारीहरुका लागि एकैदिन चार जना प्रशिक्षकद्धारा मल्टि च्याप्टर तालिम सम्पन्न गरेको हो । आयोजक धुलावारी जेसीज रहेको तालिममा बाहुण्डाँगी जेसीज, मेचीनगर लेडी जेसीज, चारआली जेसीज र धुलावारी जुनियर जेसीज सहआयोजक रहेका थिए ।

तालिममा शाखाका पूर्व अध्यक्ष पुनित वंशल, पूर्व अध्यक्ष लक्ष्मी राई, चारआली जेसीजका पूर्व अध्यक्ष उत्तम पकुवाल र प्रध्यापक सागर सिवाकोटीले प्रशिश्रण गराउनु भएको थियो । तालिममा ६० जनाको सहभागिता रहेको थियो ।
सोही अवसरमा नेपाल जेसीजको उपाध्यक्षमा निर्वाचित स्पोन्सर शाखा चारआली जेसीजका निवर्तमान अध्यक्ष विरबहादुर बेगालाई सम्मान गरिएको थियो ।


शाखाका अध्यक्ष योगेश राजवंशीको सभापतित्व तथा वडा नम्बर १० का वडा अध्यक्ष तथा शाखाका पूर्व अध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष भिमबहादुर कुँवर, विरबहादुर बेगा, चारआली जेसीजका अध्यक्ष संगित सिवाकोटी, मेचीनगर लेडी जेसीजकी अध्यक्ष रश्मि थापा, बाहुण्डाँगी जेसीजका अध्यक्ष केवल निरौला, जुनियर जेसीजका अध्यक्ष आर्यान पौडेल तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक तथा उपाध्यक्ष आषिश पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव मनोज ढकालले गर्नु भएको थियो ।



JCI News Archive