भद्रपुर जेसीको आयोजनामा तथा रिलाएवल लाईफ ईन्सोरेन्सको प्राविधिक सहयोगमा भद्रपुर जेसीजको बोर्ड पदाधिकारी र रिलाएवल लाईफ ईसोरेन्सका विभिन्न पदका कर्मचारी, एजेन्ट र अभिकर्ता बिच अन्तरक्रिया, बिमा सम्बन्धि तालिम तथा बिमा योजना बारे छलफल तथा तालिम सम्पन्न गरिएको छ। भद्रपुर जेसीजका अध्यक्ष जेसी युबराज न्यौपानेज्युको अध्यक्ष तथा रिलाएवल लाईफ ईसोरेन्सको MDRT बाबुराम अधिकारीज्युको प्रमुख सहजकर्ता एबम् भद्रपुर जेसीज बर्ष २०२३का उपाध्यक्ष जेसी नीर प्रसाद अधिकारीज्युको सहजता एबम् प्रशिक्षणमा, कार्यक्रम संचालन गरिएको थियो। भद्रपुर जेसीजका नि बर्तामान अध्यक्ष जेसी मनोज भट्टराई, बोर्ड पदाधिकारी एबम् रिलाएबल लाईफ ईसोरेन्सका पदाधिकारीरुको उपस्थिति रहेको थियो।कार्यक्रमका संयोजक जेसी नीर प्रसाद अधिकारीज्युले स्वागत मन्तव्य राख्नु भएको थियो तथा जेसीज आस्था भद्रपुर जेसीजका उपाध्यक्ष जेसी शेखर बुढाथोकीले बाचन गर्नु भएको थियो। कार्यक्रम संचालन भद्रपुर जेसीजका महासचिव जेसी टिकाराम पाण्डेज्युले गर्नु भएको थियो।
धन्यवाद!! जय जेसीज!