जेसिस सप्ताहमा २४ जनाले रक्तदान गरे
घोराही, २ बैशाख
त्रिभुबन
नगर जेसिसले जेसिस सप्ताहका अबसरमा रक्तदान कार्यक्रम गरेको छ । सप्ताहको
दोस्रो दिन जेसिज सचिबालयमा भएको कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन्
।
कार्यक्रममा मुकेश
शर्मा, बालकुमार घर्ती, बिमल खड्का, निदेशराज श्रेष्ठ, डम्बर यादव,
थानेश्वर पोखरेल, खगेन्द्रबहादुर खत्री, बाबुराम पाण्डे, सुशील अधिकारी,
भ्युकुमार पुन, माधबप्रसाद पौडेल, श्रीधर बिसी, जुद्धबहादुर घर्ती मगर,
अनिस अधिकारी, तिलक डाँगी, टीका बस्नेत, रोशन दाहाल, मिने श्रेष्ठ, युवराज
पन्त, आरधाना सिंह, खेमराज बस्नेत, प्रभात भण्डारी र सञ्जय केसीले रक्तदान
गर्नुभएको थियो ।
जेसिजका
अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी घोराही
उपशाखाका सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन
गरिएको हो । कार्यक्रम संयोजक कृष्णदेब थापाले कार्यक्रमको उद्देश्यका
बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिब रोशन
दाहालले गर्नुभएको थियो ।।