आज मिति २०७९/१२/२७ गते तरहरा जेसीज द्वारा Silver Jubilee,क्यालेन्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम जेसी बहादुर तामाङ ज्युको अध्यक्षतामा र नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी जीवन कार्की ज्युको प्रमुख आतिथ्यमा क्यालेन्डर विमोचन गरि उद्घाटन गरिएको थियो।आजको कार्यक्रममा तरहरा जेसीजका पुर्व अध्यक्ष ज्युहरु,स्थानिय संघ संस्था तथा सदस्य ज्युहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।आजको कार्यक्रममा नया वर्षको अवसर तथा २५ औ वार्षिकोत्सबको उपलक्ष्यमा एक आपसमा शुभकामना आदन प्रदान गरि मनाइएको थियो ।कार्यक्रममा जेसी विवेक रेग्मी ज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने धन्यवाद मन्तव्य जेसी सुरज तामाङ ज्युले दिनुभएको थियो।अन्तमा वर्ष २०२३ का अध्यक्ष जेसी बहादुर तामाङ ज्युले अध्यक्ष मन्तव्यमा २४ औ बसन्त पार गरि २५ औ बर्षमा प्रवेश गरेको तथा नयाँ बर्षको उपलक्ष्यमा सु-स्वस्थ्य,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुहुदै वर्ष भरी गरिने कार्यक्रमको बारेमा जानकारी दिनुहुदै कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो।कार्यक्रममा चियापानको पनि व्यवस्था गरिएको थियो।