क्यालेण्डरको बिमोचन

2023-04-12

 दमक जेसीजले आउदै गरेको नयाँ वर्ष २०८० को उपलक्ष्यमा क्यालेण्डरको बिमोचन  गरिएको छ ।

जेसीज सचिवालयमा बुधबार दुई चरणमा संक्षिप्त कार्यक्रम गरि क्यालेण्डर बिमोचनसहित तालिम सञ्चालन गरिएको छ । पहिलो चरणको क्यालेण्डर विमोचन कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी रहनु भएकाे थियाे भने दमक जेसीजका पूर्व अध्यक्षहरु नरेन्द्र बराल, नेत्र चम्लागाई,घनश्याम कोइराला, चन्द्र खत्री,कमल कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

 क्यालेण्डर निकाल्न दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष राजेन्द्र विमलीको संयोजकत्वमा एक प्रकाशन समिति गठन गरिएको थियो ।


JCI News Archive