राजविराज जेसीजद्वारा होली मिलन समारोह सम्पन्न

2023-04-13

राजविराज जेसीजले मिति २०७९ साल फागुन २० गते तदनुसार सन् २०२३ मार्च ४ तारिकका दिन बिहान ९:०० बजे राजविराज जेसीज भवनको प्राङ्गणमा "होली मिलन समारोह" कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनको भूमिका राजविराज जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी किरण कुमार साहले गरेका थिए होली मिलन कार्यक्रममा राजविराज जेसीजको वर्तमान पदाधिकारी समितिका सदस्य, साधारण सदस्य, राजविराज जेसीजका पूर्व अध्यक्षहरू तथा गोलबजार जेसीज वर्ष २०२३ की अध्यक्ष आशा साहको उपस्थिति रहेको थियो कार्यक्रममा आलैपालो सबै उपस्थित जेसी मनहरूले आफ्नो मन्तव्य राखेका थिए राजविराज जेसीजको विगत, वर्तमान र भविष्य अझै सुन्दर र उत्कृष्ट बनाउनको निमित्त समाजमा जेसीजको पहुँचलाई लिएर जाने निर्णय सहितको अन्तरक्रिया कार्यक्रम समाप्तिपछि जेसीज मनहरूले रङ्ग अबीर खेलेर होली नृत्यको कार्यक्रम सुरु भएको थियो कार्यक्रम समापन हुनुभन्दा अगावै जेसीजद्वारा व्यवस्थापन गरिएको मिथिला खाजा तथा सफ्ट ड्रिङ्क खाएर सबैजना विदाइ भएका थिए

JCI News Archive