धुलाबारी जेसीजको जेसीज सप्ताह सम्पन्न गरेको छ । अप्रिल महिनाको १ देखि ५ तारिख सम्म लगातार ५ दिन सम्म ७ वटा कार्यक्रमहरु गरेर धुलाबारी जेसीजले सप्ताह व्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ ।
पहिलो दिन शनिबार धुलाबारी माविको सभाहलमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो जसमा नगरपालिका भित्र बाट २० जना ले सहभागी जनाएका थिए । दोस्रो दिन युवा क्षमता अभिबृद्धि विषयमा प्रशिक्षण सम्पन्न भएको छ ।आइतवार मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको उक्त प्रशिक्षणमा संस्थाका ३० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई नेपाल जेसीजका तालिम प्रशिक्षक रमेश अर्यालले सहजीकरण गरेका थिए । त्यसैगरी तेस्रो दिन रक्तदान कायक्रम र धुलाबारी जेसीजा का बोड का पदाधिकारी हरु र पुर्व अध्यक्ष ज्युहरु बिचा फुटसल म्याचको आयोजना भएको थियो |
चौथो दिन "Leadership & Empowerment; Delegation Skill" बिसयक तालिम कार्यक्रमको आयोजना भएको थियो जसमा धुलाबारी जेसीज, मेचीनगर लेडी जेसिज, मेची उधोग वाणिज्य सघ, रोटरी क्लब लगायत अन्य सघ सस्थाहरुको सहभागीता रहेको थियो | तालिम सहजीकरण नेपाल जेसीजका पुर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शिव प्रसाद भुसाल ज्युले गर्नुभएको थियो | सोहि दिन बेलुका धुलाबारी जेसीजले आफनो वार्षिक क्यालेण्डर समेत विमोचन गरेको थियो भने जेसीज सप्ताहको अन्तीम दिन सप्ताह समापन सगै धुलाबारी जेसीजमा स्थापित विभिन्न अक्षय कोष हरु द्वारा प्रदान गरिने छात्रवृति, पुरस्कार तथा सम्मान कायक्रमको समेत आयोजना गरिएको थियो |