धुलाबारी जेसीज द्वारा रक्तदान कार्यक्रम

2023-04-20

धुलाबारी जेसीजको जेसीज सप्ताहअन्तर्गत तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

३ अप्रिल २०२३, सोमबारका दिन भएको रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको अध्यक्ष योगेश राजवंशीले जानकारी दिए । 

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक निश्चल पौडेलले गरेका थिए भने पूर्वअध्यक्ष चन्द्र भट्टराई र प्रमुख अतिथि ढकालले शुभकामना व्यक्त गरेका थिए ।


JCI News Archive