४ अप्रिल २०२३, मंगलवारका दिन धुलाबारी जेसीजको जेसीज सप्ताह अन्तर्गत पाँचौ कार्यक्रम "Leadership & Empowerment; Delegation Skill" बिसयक तालिम कार्यक्रम सम्पन्न भएको छ | धुलाबारी जेसीजका व्यक्तिगत क्षेत्रका उपाध्यक्ष जेसी आशिष पौडेल ज्युको सयोजकत्वमा भएको उक्त कार्यक्रममा नेपाल जेसीजा का पुर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् जेसीआई नेपाल ट्रेनर शिव प्रसाद भुसाल ज्युले सहजीकरण गर्नुभएको थियो |
मेची उद्योग वाणिज्य सघको सभाहलमा भएको उक्त तालिम कार्यक्रममा धुलाबारी जेसीजका अध्यक्ष जेसी योगेश राजबशी ज्युले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथिका रुपमा नेपाल जेसिजका राष्ट्रिय तालिम आयुक्त जेसी सुनिल तिमल्सिना प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो | धुलाबारी स्थित विभिन्न सघ सस्थाका ४० जना सहभागी रहेको उक्त कायक्रमा धुलाबारी जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अनिल भेटुवाल लगायत अन्य पुर्व अध्यक्ष ज्युहरुको समेत उपस्थिति रहेको थियो |