धुलाबारी जेसीजको ४४ औ जन्मोत्सव भव्यताका साथ सम्पन्न

2023-04-20

अप्रिल  ५  २०२३, धुलाबारी जेसीजको ४४औं जन्मोत्सव भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ | सन् १९७९ मा स्थापना भएको धुलाबारी जेसीजले यस बर्ष आफनो ४४ औ जन्मोत्सव मनाएको हो | जेसी हरिशकुमार श्रेष्ठ सस्थापक रहनुभएका धुलाबारी जेसीजलाई पाटन जेसीजले सन् १९७९ मा मातृत्व प्रदान गरेको थियो | 

धुलाबारी जेसीजको सचिवालय पासाङ्ग ल्हामु स्म्र्ती जेसिज प्रतिष्ठानको सभाहलमा भएको उक्त जन्मोत्सव कार्यक्रममा धुलाबारी जेसीजका सम्प्रूर्ण पुर्व अध्यक्ष लगायत धुलाबारी जेसीजा बोर्डका पदाधिकारी साथै धुलाबारी जेसीजले मातृत्व प्रदान गरेको बाहुनडाँगी जेसीज, चारआली जेसीज र मेचीनगर लेडी जेसीज लगायत प्रोजेक्टका रुपमा रहेको धुलाबारी जुनियर जेसीजका पदाधिकारी ज्युहरुको उपस्थिति रहेको थियो | 

धुलाबारी जेसीजले आफ्नो ४४ औ जन्मोत्सव मनाउनुका साथै सोहीदिन पुर्व अध्यक्ष क्लबको पदस्थापना कार्यक्रमको समेत आयोजना गरेको छ | कार्यक्रमा बाट पुर्व अध्यक्ष क्लबको अध्यक्षमा धुलाबारी जेसीज बर्ष २००१ का अध्यक्ष जेसी तेज प्रसाद चौलागाईं सर्वसम्मत रुपमा पुर्व अध्यक्ष कल्बका अध्यक्षका रुपमा  चयन हुनु भएको छ।
कार्यक्रमको अन्तमा संस्थापक अध्यक्ष हरिशकुमार श्रेष्ठ र धुलाबारी जेसीजका अध्यक्ष जेसी योगेश राजबशी ज्युले संयुक्त रुपमा केक काटी साथै शुभकामना आदान प्रदान गरि कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सयोजन धुलाबारी जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी भुमि पौडेल ले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव मनोज ढकालले गरेका थिए ।

JCI News Archive