"उद्घाटन तथा शुभकामना कार्यक्रम"

2023-05-07

आज मिति २०८०/१/ १७ गते आइतबारका दिन दाङ महिला जेसिजका शाखा अध्यक्ष जेसि नारायणी भण्डारी ज्यूको अध्यक्षतामा, लुम्बिनी प्रदेश सभा सदस्य माननिय लोका वि.क ज्यूको  प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका का उपप्रमुख हुमा डि.सी  ज्यूको विशिष्ट आतिथ्यतामा सप्ताह अन्तर्गतको पहिलो दिनको कार्यक्रम उद्‌घाटन तथा शुभकामना मातृ शाखा त्रिभुवननगर जेसिजको सचिवालयमा सम्पन्न गरियो।
सदस्यता वृद्धि सभापति जेसि रेमन्ता पुनले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा उपाध्यक्ष जेसी विन्दु डाँगी पाण्डे  ले जेसीजको आस्था पाठको अगुवाइ गर्नुभएको थियो भने उपाध्यक्ष जेसि संगिता रोकायले जेसिआई मिसन भिजन वाचन गर्नुभएको थियो। प्रमुख अतिथी ज्युले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। कार्यक्रमका मुल सम्योजक जेसी बसन्ता भण्डारीले  कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो। उद्घाटन समारोहमा वोल्ने वक्ताहरुले बिगत लामो समय देखि दाङ महिला जेसिजले महिलाहरुको नेतृत्व र छमता विकाससँगै सामाजिक सेवाको छेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए। 
कार्यक्रममा सिसा नेपालका अध्यक्ष साजिदा सिद्दिकी, घोराही उपमहानगर पालिका वडा नं १४ का निवर्तमान अध्यक्ष शक्तिराम डागी , नेपाल प्रहरि सेवा केन्द्रका आर के सितल, पतन्जलि योग समितीका अध्यक्ष प्रेम शाह नविल बैङकका वि.एम विश्वरूप खड्का, नविल बैङककलस्टर्ड हेड मुरारी प्रसाद अर्याल,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गा लाल के.सी,पुर्व अध्यक्ष जेसी सुसिला पौडेल, मातृ शाखा अध्यक्ष जेसि कुल बहादुर वली, महिला जेसिज निवर्तमान अध्यक्ष जेसि शारदा घर्ती, संस्थापक अध्यक्ष जेसि निर्मला गौतमज्यू लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।कार्यकारिणी उपाध्यक्ष जेसी दिलु मल्लले धन्यवाद मन्तव्य दिनुभएको कार्यक्रममा ५०  जनाको उपस्थिति रहेकोमा महासचिव जेसी अर्चना शर्माले कार्यक्रम  सहजीकरण गर्नुभएको थियो ।

JCI News Archive