आज मिति २०८० / १ / १८ गते सोमबारका दिन दाङ महिला जेसिजका शाखा अध्यक्ष जेसि नारायणी भण्डारी ज्युको अध्यक्षतामा, लुम्बिनी प्रदेश पतन्जली योग समितीका अध्यक्ष प्रेम शाह ज्युको प्रमुख आतिथ्यतामा घोराही नगर समितीका अध्यक्ष तोयनाथ योगी ज्यूको विशिष्ट आतिथ्यतामा गोरक्ष योग साधना केन्द्रका सांयोजक बोधी प्रसाद पुन ज्यूको प्रमुख प्रशिक्षकमा सप्ताह अन्तर्गत दोस्रो दिन "एक दिने योग शिविर" कार्यक्रम घोराही १७ स्थित रत्ननाथ मठ चौघेरा दाङमा सम्पन्न गरियो। सदस्यता वृद्धि सभापति जेसी रेमन्ता पुनले आस्था पाठ गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम सम्योजक जेसि विन्दु डाँगी पाण्डेले दिनुभएको थियो भने कार्यक्रमको मुल सम्योजक जेसि बसन्ता भण्डारीले साप्ताहिक कार्यक्रमको बारेमा जानकारी गराउँनु भएको थियो। प्रमुख अतिथी ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
उक्त कार्यक्रममा पूर्व अध्यक्ष जेसि विमला शर्माज्यू , निवर्तमान अध्यक्ष जेसि शारदा घर्तीज्यू ले मनतव्य राख्नु भएको थियो । ३२ जनाको उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष जेसी दिलु मल्लले धन्यवाद मन्तव्य दिनुभएको थियो भने सहजीकरण महासचिव जेसी अर्चना शर्माले गर्नु भएको थियो।