आज मिति २०८० / १ / १९ गते मंगलबारका दिन दाङ महिला जेसिजका शाखा अध्यक्ष जेसि नारायणी भण्डारी ज्युको अध्यक्षतामा, राप्ती शिक्षा क्याम्पसका प्रमुख हुकुम बहादुर बढाथोकी ज्यूको प्रमुख आतिथ्यतामा अम्विकेश्वरी क्याम्पसका निवर्तमान अध्यक्ष इन्जिनियर पवन अधिकारी ज्यूको प्रमुख प्रशिक्षणमा सप्ताह अन्तर्गत तेस्रो दिन "मोबाइल एडिक्सन सम्बन्धी सचेतना कार्यक्रम" घोराही १५ स्थित राप्ती शिक्षा क्याम्पसमा सम्पन्न गरियो।
सदस्य जेसि पवित्रा चौधरीले आस्था पाठ गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम सम्योजक जेसि सोफिया क्षेत्रीले दिनुभएको थियो भने कार्यक्रमको मुल सम्योजक जेसि बसन्ता भण्डारीले साप्ताहिक कार्यक्रमको बारेमा जानकारी गराउँनु भएको थियो। प्रमुख अतिथी ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
उक्त कार्यक्रममा प्रशिक्षक ज्यूले मोबाइल बट हुने हानि र त्यसको सहि सदुपयोग कसरी गर्ने भन्ने कुरा जानकारी गराउनु भएको थियो । ८५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष जेसी दिलु मल्लले धन्यवाद मन्तव्य दिनुभएको थियो भने सहजीकरण महासचिव जेसी अर्चना शर्माले गर्नु भएको थियो।