कार्यक्रम : अन्तर शाखा फुटसल प्रतियोगीता–२०१८
क्षेत्र : ब्यक्तिगत
मिति : २०७४÷११÷११ शुक्रवार तदनुसार फेब्रुअरी २३
स्थान : लुम्बिनि फुटसल एरिना, योगीकुटि
प्रमुख अतिथि : प्रदेश नम्बर पाँचका मन्त्री लिला गिरी
संयोजक : अमृत पाण्डे
उद्देश्य :
बुटबल आसपासका छिमेकी शाखाहरुसँगको बन्धुत्व भावनालाई प्रगाढ बनाउनु ।
कार्यक्रमको संक्षीप्त विवरण :
यही फाल्गुण ११ गते तदनुसार फेब्रुअरी २३ का दिन वुटवल जेसीज २०१८ को आयोजनामा अन्तर शाखा फुटसल प्रतियोगिता २०१३ सम्पन्न भएको छ । बुटबल जेसीजका अध्यक्ष जेसी यमप्रसाद तिवारीको अध्यक्षता तथा रुपनदेही क्षेत्र नं.२ख का प्रदेश सभा सदस्य माननीय लीला गिरीज्यूको प्रमुख आतिथ्यतामा बुटवल योगीकुटीस्थित लुम्बिनी फुटसल एरिनामा सम्पन्न फुटसल प्रतियोगितामा बुटवल आसपास क्षेत्रमा रहेका विभिन्न शाखाहरुमध्ये ८ वटा शाखाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका संयोजक जेसी अमृत पाण्डेको स्वागत मन्तव्यसँगै कार्यक्रम अगाडी बढेको थियो । आयोजक बुटवल जेसीजका साथै तिलोत्तमा जेसीज, भलवारी जेसीज, सिद्धार्थ जेसीज, देवदह जेसीज, सुनवल जेसीज, रामनगर जेसीज तथा कपिलवस्तु जेसीजको सहभागितामा फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिप्रदेश नम्वर पाँचका मन्त्री लिला गिरी ज्यूले जेसीज विधिको शासन अँगाल्ने युवाहरुको संस्थामा प्रतिनिधित्व गरेका व्यक्तित्वहरु हाम्रो समाज तथा राजनीतिक क्षेत्रमा अब्बल नेतृत्व बहन गर्न सफल भएको र आजको यस खेलबाट जेसीज यात्राको बन्धुत्व भावना अझै सुमधुर बनोस् भन्दै शुभकामना समेत दिनुभएको थियो । आयोजक बुटवल जेसीज, भलवारी जेसीज, रामनगर जेसीज, सिद्धार्थ जेसीजको टिम भने पहिलो चरणबाटै बाहिरिएको थियो भने देवदह जेसीज, तिलोत्तमा जेसीज, कपिलवस्तु जेसीज र सुनवल जेसीजको टिम सेमिफाइनलमा प्रवेश गर्न सफल भएका थिए । खेल अत्यन्तै रोमाञ्चक बनेको थियो । खेलमा विभिन्न शाखाबाट सहभागी जेसीज मित्रहरुले आ–आफ्नो सामर्थ्यले भ्याएसम्मको प्रस्तुतिले खेललाई अझै प्रतिस्पर्धी बनाएको थियो ।
तिलोत्तमा जेसीजले ट्राइब्रेकरमा ३–२ गोलको अन्तरले कपिलवस्तु जेसीजलाई हराउँदै आपूm तृतीय स्थान प्राप्त गर्न सफल बनेको थियो । देवदह जेसीज र सुनवल जेसीजबिच भएको फाइनल खेलमा निर्धारित समयमा ४–४ गोलको बराबरी भएपछि देवदह जेसीजले ट्राइब्रेकरमा २–१ गोलले सुनवल जेसीजलाई पछाडी पार्दै देवदह जेसीजले अन्तरशाखा फुटसल प्रतियोगिता–२०१८ को प्रथम उपाधी चुम्न सफल भएको थियो भने सुनवल जेसीज उपविजेता अर्थात द्वितीय स्थान प्राप्त गर्न सफल बनेको थियो । उक्त प्रतियोगिताको वेष्ट प्लेयरको उपाधी देवदह जेसीजका जेसी भिम थापाले प्राप्त गर्न सफल बनेका थिए । बिहान १०ः०० बजेदेखि शुरु भएको प्रतियोगिताको मध्य भागमा खानाको व्यवस्थासँगै साँझ ५ बजेसम्म लगातार फुटसल प्रतियोगिता चलेको थियो ।
कार्यक्रमको अन्त्यमा विभिन्न शाखाका अध्यक्षज्यूहरुले बुटवल जेसीजले आयोजना गरेको उक्त प्रतियोगिताको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनमा अन्य संस्थाले पनि यस्तै कार्यक्रमको आयोजना गर्ने सोँचको विकास गर्नुपर्ने बताउनुभएको थियो । अन्त्यमा सहभागी टिमलाई प्रमाणपत्र वितरण गर्दै बुटवल जेसीजका अध्यक्ष जेसी यमप्रसाद तिवारीले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने देवदह जेसीज, सुनवल जेसीज र तिलोत्तमा जेसीजलाई प्रमाणपत्र तथा ट्रफीले सम्मान गर्दै आगामी दिनमा यस्तै अन्य कार्यक्रमले अन्तरशाखा मन तथा जेसीज मनलाई जोड्न हामी सबै सधैँ तयार रहनुपर्छ भन्ने सन्देश प्रवाह गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा बुटवल जेसीजले आयोजना गर्ने यस्तै कार्यक्रममा सहभागी भई कायक्रम सफल पार्न सहयोग गरिदिनुहुनेछ भन्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।