कपिलबस्तु जेसीजको आयोजनामा निशुल्क दन्त स्वास्थ्य तथा आखा जांच शिविर सम्पन्न

2023-05-20

कपिलबस्तु जेसीजको आयोजनामा निशुल्क दन्त स्वास्थ्य तथा आखा जांच शिविर सम्पन्न भएको छ।  मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्म लाइ आत्मसाथ गर्दै सामाजिक उत्तरदाइत्वको भूमिकामा रही स्वास्थ्य शिविरको आयोजना गरिएको कपिलबस्तु जेसीज २०२३ का  अध्यक्ष अमृत घिमिरेले जानकारी गराउनु भएको थियो।  बाणगंगा नगरपालिका वार्ड नं १ का वडा अध्यक्ष संजु सरुको प्रमुख आतिथ्य मा सम्पन्न भएको शिविरमा नगरपालिकाको  वार्ड नं १ भित्र रहनुभएका  ३२ ७ जना  बिमारीले सेवा लिनुभएको  उपाध्यक्ष रितु खरेलले जानकारी गराउनु भयो।

प्रमुख अतिथि शारुले जेसीजका सामाजिक उत्तर्दाइत्वको येस्तै कार्यक्रमहरुमा वडाको सदैव सहयोग रहने बताउनु भयो।  युनिक डेन्टल क्लिनिक तथा ओम लुम्बिनी भिजन आइ केयर एंड अप्टिकल सेन्टर कपिलबस्तुको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त  रोगका बिशेषज्ञ डाक्टरले सेवाप्रदान गरेका थिए। कार्यक्रममा कपिलबस्तु  जेसीजका पदाधिकारीहरु झबिन्द्र खनाल , मिन थापा , महेशकृष्ण आचार्य , इश्वरराज  न्यौपाने , जनक बेलबासे, तथा पुर्वाध्यक्षहरु गोपलमणी  ज्ञवाली , उमानाथ पौडेल , पोस्टराज गौतम , सुन्दर पाण्डे , भिमकांत भट्टराई  लगायतको उपस्थिति रहेको थियो।महासचिव मदन पौडेलले  संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष चन्द्रकान्त पोख्रेलले गरेका  थिए।

JCI News Archive