आज मिति २०८० जेष्ठ १२ गते शुक्रबार तदानुसार २६ मे २०२३ का दिन पालुङ जेसीजको आयोजना तथा प्रभु बैंकको समन्वयमा पालुङ बहुमुखी क्याम्पस थाहा-३ मकवानपुरमा ३५ जना विद्यार्थीहरुकोबिचमा बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ। कार्यक्रममा पालुङ जेसीज वर्ष २०२३ का तालिम आयुक्त जेसी अनिता विष्टज्युको संयोजकत्वमा, जेसी संगम कार्कीज्युको सभाध्यक्षतामा र पालुङ जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी कुमार नेगीज्युको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा प्रभु बैंक दामन शाखाका प्रबन्धक आशिष गौतमज्यु र अन्य पदाधिकारीज्युहरुले विभिन्न शिर्षकहरुमा पावरप्वइन्ट प्रिसेन्टेशन मार्फत प्रशिक्षण गर्नुभएको थियो।