कपिलबस्तु जेसीजको एक बिरुवा मेरो उत्तरदायित्व अन्तर्गत बृक्षरोपण कार्यक्रम सम्पन्न

2023-06-05

दिगो विकास लक्ष्य(एसडीजी) लक्ष्य नं १३. अन्तर्गत संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा विश्व वातावरण दिवसको अवसरमा नेपाल जेसीजको  एक बिरुवा  मेरो उत्तरदायित्व भन्ने अभियान  साथै बाणगंगा ८ कपिलबस्तुमा  मा अवस्थित ओशो तथागत ध्यान आश्रम द्वारा संचालित बोधिस्वत्व बृक्षरोपण महाअभियान अन्तर्गत आज जुन-५ विश्व वातावरण दिवसको अवसरमा  कपिलवस्तु जेसीजले ओशो तथागत ध्यान आश्रम कपिलवस्तुको प्राङ्गणमा बृक्षरोपण गरिएको छ। सो अबसरमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको थियो। बृक्षरोपण कार्यक्रममा कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष  गुणानिधि भुसाल  ,रविराज आचार्य , कृष्ण प्रसाद पोख्रेल ,मनोज कुमार खत्री निवर्तमान अध्यक्ष तथा गुरुदेव पौडेल , ओशो तथागत ध्यान आश्रमका  अध्यक्ष  प्र अ अनिरुद्र पौडेल, कपिलवस्तु जेसिजका पदाधिकारीहरु  मदन  पौडेल, महेशकृष्ण आचार्य , इश्वरराज  न्यौपाने , रिता खरेल ,  तथा ओशो तथागत ध्यान आश्रमका सन्यासी  सदस्यहरुको उपस्थिति रहेको थियो। कपिलवस्तु जेसिजका अध्यक्ष अमृत घिमिरेले बिरुवा रोप्ने मात्र नभइ बिरुवाको संरक्षक्त्व  लीई बिरुवा हुर्काउने जिम्मेवारी पनि लिनु भएको छ। आश्रममा निरन्तर आयर  बिरुवा संरक्षण  अध्यक्षले रोपेका बिरुवा संरक्षण गरिने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रमको संयोजन कोषाध्यक्ष मिन बहदुर थापाले गर्नुभएको थियो।साथै कार्यक्रममा वातावरणमैत्री कपडाको ब्यानर प्रयोग गरिएको थियो

JCI News Archive