विश्व वातावरण दिवसका दिन मकवानपुर जिल्लाकाे ३ गढी मध्ये १गढी पालुङमा "सरसफाइ बगैंचा निर्माण तथा बृक्षाराेपण कार्यक्रम

2023-06-05

आज मिति २०८० जेष्ठ २२ गते सोमबार तदनुसार ०५ जुन २०२३ का दिन पालुङ जेसीज वर्ष २०२३ का वर्ष कार्यक्रम संयोजक जेसी मानसिंह दोङज्युको संयोजकत्वमा, अध्यक्ष जेसी संगम कार्कीज्युको सभाध्यक्षतामा, पालुङ जेसीजका धरोहर संस्थापक अध्यक्षज्युको विशिष्ट आतिथ्यतामा र थाहा नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री बम बहादुर सिन्तानज्युको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा पालुङ जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी अजय कार्कीज्युले आस्था पाठ वाचन गर्नुभएको थियो र कार्यकारिणी उपाध्यक्ष जेसी दीपा बलज्युले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। पालुङ जेसीजको आयोजनामा मकवानपुर जिल्लाको थाहा नगरपालिका २ मा लोप भइरहेको पालुङ गढीलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्यले पालुङ जेसीजले विश्व वातावरण दिवस -२०८० को अवसरमा सरसफाई, बगैंचा निर्माण तथा वृक्षारोपण कार्यक्रम पालुङ जेसीज वर्ष २०२३ का बोर्डका पदाधिकारीज्युहरु, पुर्व अध्यक्षज्युहरु, संस्थापक अध्यक्षज्यु, थाहा-२ का वडा सदस्यज्युहरु र वडा अध्यक्षज्युको गरिमामय उपस्थितिमा सभ्य र भव्यताका साथ कार्यक्रम सु-सम्पन्न गर्नुका साथै वृक्षारोपण गरेको उक्त ठाउँ सम्म पुग्नका लागि र पैदलयात्रीहरुलाइ सहजिकरणका लागि बोर्ड सिलन्यास पनि गरिएको छ।

JCI News Archive