लेखनाथ क्षेत्रका युवाहरुमाझ नेतृत्व क्षमता विकासको अग्रणि संस्था लेखनाथ जेसीजको २०७९/११/०५ गते २५ औ स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ।लेखनाथ जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी चन्द्र प्रकाश ढुङ्गानाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष छिमेकी शाखा लगायत करिव ४० जना जेसीज सदस्य तथा जुनियर जेसीज सदस्यहरुको उपस्थिति रहेको थियो। लेखनाथ जेसीजको सचिवालयमा पोखरा वडा नं २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोखरा जेसीजका निवर्तमान अध्यक्ष जेसी मिनराज खड्का, पुर्व अध्यक्ष सुरेन्द्रराज अधिकारी , नगेन्द्र राज बराल संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। लेखनाथ जेसीजका वर्ष २०२३का उपाध्यक्ष जेसी जनक तिवारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जेसी जनक राज तिवारी, जेसीज आस्था पाठको अगुवाइ जेसी निशान गौतम परियारले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन लेखनाथ जेसीज वर्ष २०२३ का महासचिव जेसी प्रकाश राइ भाटले गर्नुभएको थियो।