Awareness Programme on Drugs and Alcohol Addiction

2023-06-26
मिति २०८० आषाढ ११ गते सोमबार तदनुसार २६ जुन २०२३ का दिन पालुङ जेसीज वर्ष २०२३ का वर्ष कार्यक्रम संयोजक जेसी मानसिंह दोङज्युको कार्यक्रम संयोजकत्व, जेसी संगम कार्कीज्युको सभाध्यक्षता, वर्ष २०२० का शाखा अध्यक्ष जेसी मनोज रायमाझीज्युको विशिष्ट आतिथ्यता र वर्ष २००५ का अध्यक्ष जेसी सानो भाई कार्कीज्युको प्रमुख आतिथ्यतामा लागु पदार्थ अोसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा थाहा नगरको श्री जनकल्याण माध्यामिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई लागुऔषध र कुलत विरुद्धको जनचेतना कार्यक्रम सुधार केन्द्रका काउन्सेलर श्री रुद्राक्ष सुवेदीज्युको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको सञ्चालक पालुङ जेसीज वर्ष २०२३ का महासचिव जेसी सञ्जय गोपालीज्यु हुनुहुन्थ्यो। विहान ७:४५ मा शुभारम्भ भएको कार्यक्रम विहान ९:१५ मा समापन भएको थियो।
JCI News Archive