बाणगंगा नगरपालिका वडा नम्बर ७ र ८ का डुवान पिडित परिवारलाई राहत वितरण गरिएको छ । कपिलवस्तु जेसीजको अगुवाइमा विभिन्न संघ संस्थाले बुधबार डुवानबाट पिडित घरपरिवारलाई राहत वितरण गरेका हुन् । जिल्लामा सक्रिय लायन्स कल्व अफ कपिलवस्तु, कपिलवस्तु वन पैदावर संघ लगायतको संयुक्त रुपमा राहत प्रदान गरेका हुन् । २०८० श्रावण ०९ गते मंगलवार राति परेको अविरल वर्षाका कारण १ सय ६३ घर डुबानमा परेका थिए । बाणगंगाको वडा न.७ र ८ मा पर्ने प्रगति टोल, चौरी गाउँ, शान्ति टोल, पुल चोक, उत्तर र सिसनिया लगायतका क्षेत्रका घरहरु डुवानमा परेका हुन । राहतमा खटिएका तीन संस्थाले करिब पचास हजार बराबरको सामग्री प्रदान गरेका थिए । बाढिले डुवानमा परेका परिवारमा पर्न गएको क्षती प्रती दुःख व्यक्त गर्दै अन्य निकायहरुलाई पनि सहयोगमा जुट्न आग्रह गरे । अध्यक्ष घिमिरेले कपिलवस्तु जेसीजले थप सहयोगका लागि दात्रि निकाय संग पहल गर्ने बताए । उनले यस्ता विपद व्यवस्थापनका लागी जेसीज हरदम तयारी अवस्थामा रहेको बताए ।