आज मिति २०७६-१-९ गते बिजौरी दाङ मा रहेको असहाय बालबालिका सेवा केन्द्र का १५ जना बालबालिका लाई खाधन्न, कपड़ा शैक्षिक सामग्री , भकुण्डों हस्तांतरण गरि सहयोग गरि जेसीज सप्ताह को दोस्रो कार्यक्रम बालबालिका लाई सहयोग कार्यक्रम सम्पन्न गरियो।
जेसी सुनीता थापाको संयोजकत्व मा जेसी रेखा शर्मा को अध्यक्षता मा नेपाल संस्कृत बिश्व बिद्यालय का शिक्षा अध्यक्ष रमेश प्रसाद ढकाल ज्यु को प्रमुख् आतिथ्यता मा सम्पन्न कार्यक्रम को सहजिकरण महासचिव जेसी अनीता ढकाल ले गर्नु भएको थियो। आस्थापाठ को अगुवाई जेसी सूजन पौडेल ले गर्नु भएको थियो। जेसीज सप्ताह को बारेमा मूल संयोजक जेसी जिबा भुसाल ज्यु ले जानकारी गराउनु भएको थियो भने धन्यवाद मन्तब्य जेसी मंगला राणा ले गर्नु भएको थियो।