भरतपुर, २३ पुस ।
नारायणगढ लेडी जेसीजको पदहस्तान्तरण एवम् पदस्थापन समारोह गरिएको छ । नारायणगढमा भएको कार्यक्रममा वर्ष २०२२ की अध्यक्ष अनिता श्रेष्ठ अधिकारीले वर्ष २०२३ की अध्यक्ष सुस्मिता श्रेष्ठलाई पदहस्तान्तरण गरेकी हुन् । जेसीजको नयाँ समिति अन्तर्गत उपाध्यक्ष पदमा सुमी सिंह, कोपिला गुरुङ, सपना सदाशंकर र संगीता थापा मगर छन् । त्यसैगरी महासचिवमा गौरी गुरुङ, कोषाध्यक्षमा एलिना श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा शान्ति श्रेष्ठ र अस्मिता तिमिल्सिना रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै जेसीजको नीति र अभियानमा रहेर काम गर्न सुझाव दिए । समारोहको प्रमुख निर्वाचन आयुक्तमा निरू कार्की, कार्यक्रम संयोजक गौरी गुरुङ थिइन् भने कार्यक्रमलाई हिमा श्रेष्ठले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा विशेष अतिथिको रूपमा भरतपुर १ का वडाध्यक्ष केशव महर्जन, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, नारायणगढ जेसीज वर्ष २०२३ का अध्यक्ष अमर घिमिरे, नेपाल जेसीज वर्ष २०२३ की कार्यकारिणी उपाध्यक्ष रजनी थापा, चितवन फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की, नेपाल कराँते संघ बागमती प्रदेश