मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै नारायणगढ लेडी जेसीज र अन्य विभिन्न दश संघसंस्थाहरुको संयुक्त आयोजनामा माघे संक्रांतिको पावन अवसरमा चितवन नवलपुर र तनहुँको संगम स्थल देवघाटधाममा श्रद्धालु भक्तजनहरुलाई चिया र प्रसाद तथा वृद्धाश्रममा दुध वितरण कार्यक्रम भव्यताका साथ सु-सम्पन्न भएको छ।
नारायणगढ लेडी जेसीज, नारायणगढ जेसिज ,देवघाटधाम जेसीज, माडी जेसीज, सौराहा जेसीज, रत्ननगर जेसीज,स्वस्तिक नेपाल, चितवन अटो मोबाईल्स एशोसिएसन,लायन्स क्लब अफ नारायणगढ मीड टाउन र लायन्स क्लब अफ साईनिंग लेडी र नेपाल फार्मेसी संघ,चितवनको सहभागीता रहेको उक्त कार्यक्रममा तिन हजार भन्दा बढी भक्तजनहरुलाई सेवा प्रदान गरिएको थियो