मिति २०७९।१०।१६तदनुसार 30th Jan 2023 सोमवारको दिन नारायणगढ लेडी जेसिजको आयोजनामा सहिद दिवसको अवसर पारि सहिदहरुको सम्झनामा नारायणगढ स्थित सहिद चोकमा शाखा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठ ज्यूको अध्यक्षतामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रमको प्रमुख अतिथिमा ट्राफिक प्रहरी निरीक्षक श्री धर्म बहादुर अधिकारी ज्यू रहनु भएको थियो ।भने नि वर्तमान अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारी ज्यू,बोर्डका पदाधिकारी ज्यूहरु,सदस्य ज्यूहरु एवं स्थानिय बासिन्दाहरूको उपस्थिति रहेको थियो