आज मिति २०८० / १ / २२ गते शुक्रबारको दिन दाङ महिला जेसिजका शाखा अध्यक्ष जेसि नारायणी भण्डारी ज्युको अध्यक्षतामा,घोराही उपमहानगरपालिका का उपप्रमुख हुमा डि.सी ज्यूको प्रमुख आतिथ्यतामा महिला मानव अधिकार रक्षक संजाल दाङका संस्थापक अध्यक्ष लक्ष्मी आचार्य ज्याको विशिष्ट आतिथ्यता एवंम् प्रमुख प्रशिक्षकमा र दाङ महिला जेसिजका पूर्व अध्यक्ष जेसि बिमला शर्मा ज्युको सहायक प्रशिक्षकमा सप्ताह अन्तर्गत छैठौ दिन " नागरिक सचेतना कार्यक्रम" घोराही १७ भैसाई स्थित शान्ती टोलमा सम्पन्न गरियो।
कोष वृद्धि सभापति जेसि आरधना सिंह ठकुरीले आस्था पाठ गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम सम्योजक जेसि आकृती शर्माले राख्नुभएको थियो भने कार्यक्रमको मुल सम्योजक जेसि बसन्ता भण्डारीले साप्ताहिक कार्यक्रमको बारेमा जानकारी गराउँनु भएको थियो। प्रमुख अतिथी ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
उक्त कार्यक्रममा दाङ महिला जेसिजका पूर्व अध्यक्ष जेसि शुसिला पौडेल , मातृ शाखा अध्यक्ष जेसि कुल बहादुर वली ज्यूले आफ्नो मनतव्य राख्नु भएको थियो । ५५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष जेसी संगिता रोकाय ले धन्यवाद मन्तव्य दिनुभएको थियो भने सहजीकरण महासचिव जेसी अर्चना शर्माले गर्नु भएको थियो।