सुर्खेत महिला जेसीजकाे सप्ताहव्यापी कार्यक्रम अन्तर्रगत दाेस्राे कार्यक्रम मिति २०८०/०४/२७ (12 th August 2023 ) गतेका दिन मनाेसामाजिक सु-स्वास्थ्य तालिम हाेटल डि- नमस्तेमा अध्यक्ष जेसी सीता भण्डारी ज्युकाे अध्यक्षतामा सम्पन्न गरियो ।
कार्यक्रममा प्रमुख अतिथि सुर्खेत महिला जेसीज बर्ष २०१५ का अध्यक्ष जेसी सुष्मा गिरी रहनुभएकाे थियाे । सुर्खेत महिला जेसीज बर्ष २०२० का अध्यक्ष प्रमी शाक्य ज्यु ले कार्यक्रम को बारेमा आफ्ना धारण प्रस्तुत गर्दै आज को समयमा आफुले आफैलाइ ब्यबस्थापन गरि अगाडी जान सक्नु पर्छ भन्दै हामिहरुलाई थप हौसला प्रदान गर्नु भएको थियोे। कार्यक्रम मा बर्ष २०२१ का अध्यक्ष जेसी लक्ष्मि गुरुङ ज्यु, बर्ष २०२२ का अध्यक्ष मनिषा कौशल ज्यु को सहभागिता थियो ।